कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा


१८ कार्तिक २०८०, शनिबार
amale koshi

मोरङ । कोशी प्रदेश सरकारका मन्त्री रामबहादुर राना मगरले पदबाट राजीनामा दिएका छन् । उनले आज (शनिबार) बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

शनिबार बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएको मगरले जानकारी दिए । उनले भने, ‘आज बिहान मुख्यमन्त्रीज्यू समक्ष राजीनामा बुझाएको हुँ ।’

मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक मन्त्री शुक्रबार नियुक्त गरेका थिए । आफूहरूको सहमतिविपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राना गत असोज २७ गते मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७