कोशी प्रदेश सभामा आज पहिलो पटक ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ हुँदै


२३ कार्तिक २०८०, बिहीबार
kedar karki 2

मोरङ । कोशी प्रदेश सभामा आज (बिहीबार) पहिलो पटक ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ हुने भएको छ । प्रदेशसभाका आठ सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई प्रश्न सोध्ने भएका छन् ।

प्रदेश सभाका आठ जना सदस्यले मुख्यमन्त्रीका लागि प्रश्न दर्ता गरेको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । प्रदेशसभा नियमावलीमा व्यवस्था भए पनि अहिलेसम्म कार्यान्वयन भएको थिएन । मुख्यमन्त्रीले जवाफ दिने क्रममा प्रश्नकर्ताले एक पटक पूरक प्रश्न पनि गर्न पाउनेबारे छलफल भएको सचिव पराजुलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७