‘प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर, सरकारबाट नयाँ आन्दोलन शुरु गर्छौ’


२५ कार्तिक २०८०, शनिबार
Prachanda 4 1 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को चुनावमा नागरिकको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

Prachanda 5 1

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ कै स्थितिमा फर्किन नसके पनि त्यससरह नागरिकको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेको र अझै नयाँ आन्दोलनको शुरुवात गर्ने बताए ।

उनले प्रधानमन्त्री कहिलेसम्म रहने भन्ने कुरा मुख्य कुरा नभएको तर नागरिकको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको बताए । उनले राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताए । उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए ।

Prachanda 2 3

उनले भने, ‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी ०६४ जस्तै नागरिकको पक्षमा, नागरिकको विश्वास लिनसक्छौँ कि सक्दैनौँ । हामीले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेका छौँ । अझै गर्छौ । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्य कुरा नागरिकको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा शुरु गर्छौ त्यो मुख्य कुरा हो ।’

Prachanda 1 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७