बाल्टिनको पानीमा डुबेर दुई बालकको गयो ज्यान


२५ कार्तिक २०८०, शनिबार
water bucket large

धनुषा । धनुषा र सप्तरीमा बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिका–४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उता सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातो बजार बस्ने देवकुमार मालिको ९ महिनाको छोरा बिराटकुमार मालिको पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा बाल्टिनमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७