अर्थतन्त्र चलायमान बनाउन सिंहदरबारमा सरकार र निजी क्षेत्रबीच छलफल जारी


५ मंसिर २०८०, मंगलवार
Prachanda niji chhetra 2 scaled

काठमाडौं । अर्थतन्त्रलाई थप गति दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरिरहेका छन् । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रूपमा समाधान गर्नेबारेमा हिजोदेखि छलफलको सुरुवात गरेको हो ।

Prachanda niji chhetra 2 1

सोमबार प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारीलगायतका सम्बन्धित पदाधिकारीहरूसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका थिए । आज प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, अर्थविद्, अर्थक्षेत्रका सरोकारवालासहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल चलाएका हुन् ।

Prachanda niji chhetra 3

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिन मंगलबारको यो बैठक सिंहदरबारमा बोलाएका हुन् । देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थिति राम्रो हुँदै गएको भए पनि केही समस्या रहेको उनको भनाइ छ ।

Prachanda niji chhetra 4

अर्थतन्त्र थप चलायमान बनाएर देशमा रोजगारीका अवसर सिर्जना गर्नेबारे विमर्श गर्न प्रधानमन्त्रीले यस किसिमको छलफलको आयोजना गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कार्यभार सम्हालेपछि देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको सरकारको भनाइ छ ।

Prachanda niji chhetra 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७