बल्खु चोकमा युवा संघ कार्यकर्ता र दुर्गा प्रसाई समूहबीच ढुङ्गा हानाहान : थपियो १० गाडी प्रहरी


७ मंसिर २०८०, बिहीबार
Jhadap

काठमाडौं । काठमाडौंमा प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवासायी दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान भएको छ ।

आज तीनकुनेमा प्रदर्शन गर्ने भनिएका नेकपा एमाले निकट युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका थिए । सोही क्रममा आज बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूह र युवा संघबीच ढुङ्गा हानाहानको अवस्था सिर्जना भएको हो ।

बयोधा अस्पताल नजिक भइरहेको प्रसाईंको आन्दोलनमा करिब २५० जना र युवा संघकोमा करिब ७० जना सहभागी रहेका छन् । दुई समूहको ढुङ्गा हानाहानले बल्खु चोक चनावग्रस्त बनेको छ । दुई पक्षबीच झडप सुरु भएपछि काठमाडौँको बल्खु चोकमा प्रहरीको संख्या बढाइएको छ । केही बेरअघि मात्र बल्खुमा थप १० गाडी प्रहरी पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७