दुर्गा प्रसाई समूहले बल्खुमा निषेधित क्षेत्र तोडेर प्रहरीलाई ढुङ्गा हानेपछि … (तस्वीरहरु)


७ मंसिर २०८०, बिहीबार
tear 1

काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आधा दर्जन अश्रु ग्यास र पानीको फोहोरा हानेको छ ।

tear

बल्खुमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको हो । सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो । प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ आउने प्रयास गरेका थिए ।

pani fohara

उनीहरु बल्खुबाट माइतीघरतिर आउन खोजिरहेका थिए । जबरजस्ती निषेधित क्षेत्रतिर प्रदर्शनकारी आउन खोज्दा प्रहरीले अश्रुल ग्यास र पानीको फोहोरा हानेको हो । यसअघि बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

balkhu aandolan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७