एनसेल शेयर खरिद–बिक्रीमा ठूलो आर्थिक अपराध भइरहेको छ : ओली


२४ मंसिर २०८०, आईतवार
kp ba

नुवाकोट । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलको शेयर खरिद–बिक्रीमा ठूलो आर्थिक अपराध भइरहेको बताएका छन् । आज (आइतार) एमालेले सञ्चालन गरेको झुलाघाट– चिवाभन्जाङ्ग स्थलगत यात्राका क्रममा नुवाकोट पुगेका अध्यक्ष ओलीले देशलाई कंगाल बनाएर ढुकुटी भर्ने कमिसनको खेल बन्द गर्न गठबन्धन सरकारलाई आग्रह गरे ।

ओलीले एनसेल प्रकरणमा खरबौंको चलखेल भएको आरोप लगाए । आगामी सन् २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले छल्न कम्पनी अर्कालाई बेचेको नाटक गरिएको ओलीले बताए । आर्थिक अपरोधको खेल नेकपा एमाले र नेपाली जनतालाई मान्य नहुने उनले बताए ।

अध्यक्ष ओलीले ओलीले विदेशी पर्यटक नेपाल ल्याउन रेल र सुरुङमार्ग आवश्यक रहेको बताए । उनले नेपालको परराष्ट्र नीति असंलग्न रहेको हुँदा कोही शत्रु नरहेको बताए । नेपाल र नेपालीको हितमाभन्दा अहिलेको सरकार आफ्नै हितमा केन्द्रीत रहेको उनको आरोप छ । ‘खरबौं अर अरबौं खेलमा देशलाई समस्या पारिदैछ, युवा शक्ति पलायन छन्, चिन्ता कसले गर्ने?,’ अध्यक्ष ओलीले प्रतिप्रश्न गरे ।

उनले मध्यपहाडी लोकमार्ग स्तरोन्नति गर्ने विषयमा एमालेको गम्भीर ध्यान गएको बताए । हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनुपर्नेमा अहिलेको सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ । अब समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउँदै ओलीले यही सन्देश लिएर नेकपा एमालेले मंसिर १४ गतेबाट अभियान सुरु गरेको उल्लेख गर्दै एमाले सरकारमा नहुँदा जनताले दुःख पाएको बताए । अध्यक्ष ओलीले देश विकास र परिवर्तनका लागि बैंकहरुले एकतर्फी रुपमा ब्याज बढाउन नमिल्ने बताए। बैंकले व्याज एकतर्फी बढाउने नीति परिवर्तन जरुरी रहेको उनको भनाइ छ । युवा शक्ति विदेश जानबाट रोक्न गठबन्धन सरकारले गर्न नसकेको ओलीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७