शृङ्खला–सम्भवको आज विवाह


२८ मंसिर २०८०, बिहीबार
shrinkhala

काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडा आज (बिहीबार) विवाह बन्धनमा बाँधिँदै छिन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह गर्न लागेकी हुन् ।

शृङ्खला र सम्भवको विवाह आज होटेल हायातमा हुँदैछ । विवाहमा दुवैतर्फका नजिकका आफन्त, साथीभाइलगायतलाई निम्तो गरिएको छ । केही दिन अगाडि शृङ्खलाको ‘मेहेन्दी समारोह’ आयोजना भएको थियो । जसमा पूर्व मिस नेपालहरू थुप्रै सहभागी थिए ।

गत असोजमा शृङ्खलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । शृङ्खला सन् २०१८ मिस नेपालकी विजेता हुन् । पेसाले इन्जिनियर उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७