पहिचानवादीलाई ओलीले भने–हाम्रो यात्रा गठबन्धनको अयोग्यताविरुद्ध हो, अरुले तगारो नहाल्नुस्


२९ मंसिर २०८०, शुक्रबार
kp oli 18

तेह्रथुम । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक गतिविधिले कुनै पनि प्रकारको समस्या समाधान नहुने स्पष्ट पारेका छन् । आज (शुक्रबार) आफ्नो जन्मथलो तेह्रथुमको म्याङ्लुङ आयोजित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जे गरे पनि आन्दोलन नहुने बताए ।

kp 7

‘हिंसात्मक रूप दिनु, मुठभेडमा जानु, त्यसले कुनै पनि समस्याको समाधान दिँदैन’, उनले भने । लोकतन्त्रमा लोकतान्त्रिक विधिबाट नै समस्याको समाधान खोज्नु पर्नेमा उनले जोड दिए । लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण ढङ्गले नै हुनसक्ने उनले प्रष्ट पारे ।

अध्यक्ष ओलीले आफ्नो अभियानमा पहिचानवादीहरुले अवरोध गर्ने प्रयास गरेपछि संकल्प यात्रा सत्ता गठबन्धनको अयोग्यताविरुद्ध मात्रै भएको स्पष्ट पारेका छन् । मध्यपहाडी संकल्प यात्राको क्रममा तेह्रथुममा आयोजित सभालाई सम्बोधन गर्दै गठबन्धनको अयोग्यताविरुद्धको आन्दोलनमा किन तगारो हाल्न आएको भन्दै पहिचानवादीहरूलाई प्रश्न गरे ।

kp 1 3

बाटाका प्रदर्शनले, बाटोमा रुख ढालेर समस्या समाधान नहुने उनले प्रष्ट पारे । यो कुरा सबैले बुझ्न आवश्यक रहेको ओलीले बताए । एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको अध्यक्ष ओलीले बताए । देशी विदेशी शक्ति आत्तिएर एमालेलाई अन्यायपूर्ण तरिकाले सरकारबाट हटाइएको ओलीको भनाइ छ ।

kp 2 3

एमालेले फेरि पनि जनताको अभिमतमा विश्वास गरेर धैर्यताको साथ सरकारमा पुग्ने अठोटका साथ काम गरिरहेको उनको भनाइ छ । गठबन्धनका षडयन्त्रपूर्ण क्रियाकलाको भण्डाफोर गर्दै एमाले शान्तिपूर्ण ढङ्गले जनताको अभिमतबाट अगाडि आउने ओलीले स्पष्ट पारे । समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न एमालेले मिसन २०८४ भनेको उनले स्पष्ट पारे । मिसन २०८४ समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने मिसन भएको उनले बताए ।

kp 3 2

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

kp 4 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७