पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको छ : ओली


२९ मंसिर २०८०, शुक्रबार
kp oli 18

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन् । आज (शुक्रबार) तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको पार्टीको सभालाई सम्बोधन गर्दै उनले नेपाल मुलतः पहाडी देश भए पनि यसको उचित सदुपयोग गर्न नसकेको बताए ।

उनले भने, ‘वास्तवमा हाम्रो देश मुलतः पहाडी देश हो । आधा भन्दा बढी जनसंख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड, तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिवीको मारमा परेका छौँ । त्यसको सदुपयोग गर्न आवश्यक छ ।’ उनले कृषिको आधुनिकीकरण, व्यवसायीकीकरण, वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको बताए । उनले उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘कृषिको आधुनिकीकरण गर्न, व्यवसायिकीकरण गर्न जरुरी छ, वैज्ञानिक ढंगले, तरिकाले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी छ । पुरानै ढंगले होइन । खेतीपाती, फलफूल, बालबालिका, पशुपालन, वा अरु विषयका लागि हामीले उत्पादनका लागि प्रविधिको प्रयोग गर्नुपर्नेछ ।’ अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन नेकपा एमालेले प्रयत्न र प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७