पितृभूमि पाँचथरमा सुवास नेम्वाङ पुत्र सुहाङको ‘क्रेज’, फोटो खिच्नेको लर्को (फोटो फिचर)


३० मंसिर २०८०, शनिबार
s 1

पाँचथर । नेकपा एमालेका स्व. उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ पनि पार्टीको ‘संकल्प यात्रा’ को मैजारोमा सहभागी भएका छन् ।

sughang

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग ‘संकल्प यात्रा’ को अन्तिम दिन आज (शनिबार) बुबा सुवास नेम्वाङको जन्मथलो पाँचथरको एमाले सभामा सुहाङ पनि सहभागी भएका हुन् । पाँचथर सदरमुकाम फिदिममा आयोजित आमसभामा पुगेका सुहाङलाई फूलमालाले स्वागत गरिएको थियो ।

suhang 1

एमालेको अन्तिम सभामा कालो पोसाकमा आफ्ना स्व. बुबा जस्तै चिकिक्क परेर सहभागी हुन पुगेका सुहाङले एमाले नेता–कार्यकर्ताको मात्र नभई सर्वसाधरणको समेत ध्यान खिचेका छन् । कार्यक्रम अवधिभर सुहाङ फोटो सेसनमा व्यस्त भए । उनीसँग फोटो खिचाउन नेता–कार्यकर्ता र सर्वसाधरण उत्सुक देखिएका थिए ।

suhang 2

सुहाङका काका बसन्त नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभाका सांसद छन् । सुहाङ आफैं इलामबाट फुटबल क्लबमार्फत विभिन्न गतिविधिमा सक्रिय छन् भने उनले राजनीतिमा लागेर आफ्नो बुबाको सपना पूरा गर्ने घोषणा गरिसकेका छन् । यसअघि सुहाङ र उनकी आमाले एमाले अध्यक्ष ओलीलाई भेट गरेका बताइएको छ । स्वच्छ छवि बनाएका नेताका रुपमा रहेका सुवास नेम्वाङको गत भदौ २६ गते ह्दयघातका कारण निधन भएको थियो ।

s1
s2
s3
suhang 4 1
suhang 5 1
suhang 3 1
suhang 4
suhang 5
suhang 6
suhang 7
suhang 8
suhang 9
suhang 10
suhang 11
suhang 12
suhang 13
suhang 14

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७