चर्चित टिकटकर मिस पविले ‘राजमहल’ बाट चलचित्रमा ‘डेब्यु’ गर्दै


६ पुष २०८०, शुक्रबार
Miss Pabi

काठमाडौँ । चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् । सविनकुमार तोलाङ्गीको आगामी चलचित्र ‘राजमहल’ बाट मिस पविले डेब्यु गर्ने भएकी हुन् ।

टिकटकबाट मिस पविको नामले चर्चामा आएकी उनले यसअघि म्युजिक भिडियोहरुमा काम गरेकी छिन् । डडेलधुरा घर भएकी उनले डोटेली भाषा बोलेर टिकटकमार्फत चिनिएकी थिइन् । नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा उनलाई लाखौँले मन पराएका थिए।

miss pabi in sari

फिल्म ‘राजमहल’ मा दरबारको कथा समेटिने निर्माण पक्षले जनाएको छ । सबिनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिंदै छिन् । करिब चार करोड बजेटमा बन्ने भनिएको सिनेमाको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्याण्डसम्म पुगेर केही सिन खिचिने जनाइएको छ । बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७