पूर्व युवराज्ञी हिमानी र पूर्व नवयुवराज हृदयन्द्रले दिए खेलाडीहरुलाई पुरस्कार


८ पुष २०८०, आईतवार
himani 1

काठमाडौँ । नेपाल सुपर लिगमा काठमाडौँ र ललितपुरबीचको खेलमा म्यान अफ द म्याच घोषित आन्द्रेस निया र फ्यान अफ द म्याच घोषित प्रशिद्धमान डंगोललाई पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयन्द्र शाहले पुरस्कार प्रदान गरेका छन् ।

काठमाडौँ र ललितपुरको निर्णायक खेल हेर्न पुगेकी शाहले खेलाडीको उत्साहप्रद प्रतिस्पर्धा हेर्न पाएकोमा खुशी ब्यक्त गरेकी थिइन् । प्रतियोगितामा काठमाडौँका लागि नियाले निर्णायक गोल गर्दै टोलिलाई प्लेअफमा पुर्‍याएका थिए । पूर्व युवराज्ञी हिमानी शाह नेपाल सुपर लिग (एनएसएल) हेर्न दशरथ रंगशाला पुगेकी छिन् ।

a 3

त्रिपुरेश्वरस्थित रंगशालामा जारी एनएसएल अन्तर्गत शनिबार भएको ललितपुर सिटी एफसी र काठमाडाँ रेजर्सबीचको खेल हेर्न उनी छोरासहित पुगेकी हुन् । तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह गरेकी हिमानीका एक छोरा र दुई छोरी छन् । गत मंसिर ८ गतेदेखि सुरु भएको नेपाल सुपर लिग आगामी पुस २१ गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७