बुरुण्डी सीमा नजिकै भएको आक्रमणमा २० जनाको मृत्यु


८ पुष २०८०, आईतवार
burundi

बुजुम्बुरा । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) सीमा नजिकै अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बुरुण्डी सरकारका प्रवक्ताले शनिबार दिउँसो बताएका छन् ।

बुरुण्डी सरकारका महासचिव तथा प्रवक्ता जेरोम नियोन्जिमाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, पश्चिम बुरुण्डीको बुजुम्बुरा प्रान्तस्थित मुटिम्बुजी जिल्लाको गाटुम्बामा भएको सो आक्रमणमा अधिकांश महिला र बालबालिकालाई निसाना बनाइएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७