चार सय बढी माध्यमिक शिक्षक माग (सूचनासहित)


८ पुष २०८०, आईतवार
Teacher 3

कामाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ । आज (आइतबार) गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो ।

शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार बिहान कार्यालय समय खुलेसँगै माग संख्या र कुन प्रदेशमा कति माग भएको छ भन्ने थाहा हुनेछ । उनका अनुसार ४ सय भन्दा धेरै माध्यमिक शिक्षक मागिएको छ ।

माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ । तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्ने छन् ।
हेर्नुस् सूचना

1 Q5M6uo6AOm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७