लिभरपुल र आर्सनलले बराबरी खेले


८ पुष २०८०, आईतवार
li

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार लिभरपुल र आर्सनलले एक–एक गोलको बराबरी खेलेका छन् । शनिबार राति लिभरपुलको घरेलु मैदान एन्फिल्डमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलमा अग्रता भने आर्सनलले लिएको थियो । चौथो मिनेटमा मार्टिन ओडेगार्डको फ्रिकिकलाई डिफेन्डर गेब्रियलले गोलमा परिणत गरेका थिए । लिभरपुलले २९औँ मिनेटमा बराबरी गोल फर्कायो । ट्रेन्ट अलेक्ज्येन्डरको लामो पासलाई सदुपयोग गर्दै मोहम्मद सलाहले गोल गर्न सफल भए ।

बराबरीपछि १८ खेलबाट ४० अंकसिहत आर्सनल शीर्ष स्थानमा छ । समान खेलबाट ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट हामसँग २–० ले पराजित भयो । टोटेनहामले एभर्टनलाई २–१ ले हरायो । न्यक्यासल लुटनसँग पराजित हुँदा फुलह्यामले बर्नलीलाई २–०ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७