दिदी–बहिनीमाथि जबरजस्ती करणी आरोपमा गुरुङ पक्राउ


९ पुष २०८०, सोमबार
Rape 2

लमजुङ । दिदी–बहिनीमाथि जबरजस्ती करणीको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

१४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट सात दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले दुई जना बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७