लिभरपुल प्रियिमर लिगको शीर्षस्थानमा, म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो


११ पुष २०८०, बुधबार

काठमाडौँ । लिभरपुल इङलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गए रातिकाडे खेलमा बर्नलीलाई २–० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो । उसका डार्विन नुनेजले खेलको शुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाए ।

त्यस्तै खेलको अन्तिम समयमा डिएगो जोटाले गोल थपे । जितसँगै लिभरपुलले १९ खेलमा ४२ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ । लिभरपुलसँग पराजित बर्नली १९ खेलमा ११ अङ्ककासाथ पुछारबाट दोस्रोमा छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ३–२ गोलले हराएको छ । युनाइटेडसँग हारेको एस्टन १९ खेलमा ३९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ३१ अङ्क रहेको युनाइटेड छैटौँ स्थानमा छ । त्यस्तै, गए राति भएका अरु खेलमा बर्नमाउथले फुलहमलाई ३–० गोलले, लुटन टाउनले सेफिल्ड युनाइटेडलाई ३–२ गोलले र नटिङ्घम फरेस्टले न्युक्यासललाई ३–१ गोलले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७