इरानको चेतावनी : इजरायली हमलामा सैन्य कमाण्डर मारिए, यसको मूल्य चुकाउनु पर्छ


११ पुष २०८०, बुधबार
mosavi JIlcs4PhrX

काठमाडौँ । सिरियामा इजरायली आक्रमणमा परी इरानका एक वरिष्ठ सैन्य कमाण्डर मारिएको इरानी मिडियामा दाबी गरिएको छ ।

इरानको समाचार एजेन्सी तस्निमले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका ‘अनुभवी सैन्य सल्लाहकार’ सैयद राजी मोसावी मारिएको जनाएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले मोसावीको मृत्युमा शोक व्यक्त गर्दै इजरायलले यो अपराधको निश्चित मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

रायसीले भनेका छन्, ‘यो कार्यले यस क्षेत्रमा यहुदी शासनको निराशा र कमजोरीलाई देखाउँछ, जसका लागि यसले निश्चित रूपमा मूल्य चुकाउनु पर्नेछ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७