राष्ट्रिय सभा निर्वाचन : नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस


११ पुष २०८०, बुधबार
Neer shah

काठमाडौं । राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए ।

अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७