हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं–ल्हासा उडान


१२ पुष २०८०, बिहीबार
himalayan air e1703734983363

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा उडान थालेको छ । आज (बिहीबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गर्दै चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताएका छन् ।

‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ– नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान ।’

मन्त्री किराँतीले ल्हासामा आउने १ करोड पर्यटकमा नेपालले करिब २५ प्रतिशतमात्रै ल्याउन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए । त्यहाँ आउने पर्यटकहरुको ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुने गर्छ । कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हासामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो । यससँगै ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालयन एयरलाइन्स रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७