आर्सनल वेस्ट ह्यामसँग पराजित, ब्राइटनले टोटनह्यामलाई हरायो


१३ पुष २०८०, शुक्रबार
f 1

काठमाडौँ । इङलिस प्रिमियर लिग (ईपीएल) मा फुटबलमा आर्सनल वेस्ट ह्यामसँग पराजित भएको छ । गए राति इमिरेट्स स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले घरेलु टोलीलाई २–० गोलले पराजित गर्‍यो । वेस्ट ह्यामले खेलको पहिलो र दोस्रो हाफमा १-१ गोल गरेको थियो । वेस्ट ह्यामका टोमस सुसेकले १३ औँ र कोनस्टानटिनोस माभ्रोपानेसले ५५ औँ मिनेटमा गोल गरे ।

यो जितसँगै वेस्ट ह्याम १९ खेलमा ३३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । आर्सनल १९ खेलमा ४० अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अङ्क छ ।

ईपीएलकै अर्को खेलमा ब्राइटनले टोटनहमलाई ४–२ गोलले हराएको छ । ब्राइटनका लागि जाओ पेड्रोले २ तथा ज्याक हिन्शेलवूड र पेभ्रिस स्टुपिनाले समान १ गोल गरे । टोटनह्यामका अलेजो भेलिज र बेन डेभिसले समान १ गोल गरे । यो जितसँगै ब्राइटन १९ खेलमा ३० अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । समान खेलमा ३६ अङ्क रहेको टोटनहम पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७