२०८० पुस १५ गते आइतबारको तपाईको राशिफल

पुष कृष्ण चतुर्थी पञ्चाङ्ग : प्रीति बालव मघा


१५ पुष २०८०, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । गृह कार्यमा मन पनि जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादनमूलक कार्य पनि अघि बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । स्वादिष्ट खानपिनको योग पनि रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्यप्रति सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । परिवार वा जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिनप्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने छ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७