करिना पुनः ‘आमा’ बन्दै


१६ जेष्ठ २०७५, बुधबार
Kareena kapoor

काठमाडौं, १६ जेठ (एजेन्सी)। नायिका करिना कपुर पुनः आमा बन्ने भएकी छिन् । तर उनी रियलमा आमा बन्ने भएको भने होइन । उनी फिल्म ‘वीरे दी वेडिङ’ बाट उनी बलिउडमा कमब्याक हुँदैछिन् । Kareena kapoor

खबरका अनुसार उक्त फिल्मलगत्तै करिना अर्को फिल्ममा पनि अनुबन्ध हुँदैछिन् जसमा उनी आमा बन्नेछिन् ।

छोरा तैमुरको जन्म अघि नै करिनाले निकै कम फिल्म खेल्न थालेकी थिइन् । गर्भावस्थादेखि तैमुर एक वर्ष नहुञ्जेल करिना फिल्मबाट टाढै रहेकी थिइन् ।

स्रोतका अनुसार करन जोहरको ब्यानरमा बन्ने फिल्ममा करिनालाई आमाको भूमिकामा देख्न सकिन्छ । उक्त फिल्ममा विवाह र सम्बन्धलाई निकै राम्रो तरिकाले देखाइने बताइएको छ । उक्त रोमान्टिक फिल्ममा करिनाले साइनसमेत गरिसकेको बताइएको छ ।

फिल्मका अन्य तीन मुख्य कलाकारबारे अहिलेसम्म केही जानकारी प्राप्त छैन तर केही दिन अघि करिनाको अपोजिटमा सिद्धार्थ मलहोत्रा हुने जानकारी प्राप्त भएको थियो । साथै कार्तिक आर्यन र जान्ह्वी कपुरलाई कास्ट गरिने पनि बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७