इरानी सैन्य कमाण्डर सुलेमानीको चिहान नजिकै विष्फोट, कम्तीमा ७३ जनाको मृत्यु


१९ पुष २०८०, बिहीबार
i

काठमाडौं । इरानको रिभोलुशनरी गार्ड्सका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुई वटा विष्फोटमा कम्तीमा ७३ जनाको ज्यान गएको छ ।

सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै भइरहेको कार्यक्रममा विष्फोट भएको बीबीसीले जनाएको छ । इरानको राष्ट्रिय सञ्चारमाध्यम एरिबले विष्फोटमा अरू एक सय ७० जनाभन्दा धेरै जना घाइते भएका जनाएको छ ।

सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा सयौँ मानिस चिहानतर्फ जाँदै गर्दा विष्फोट भएको हो । सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो । सन् २०२० मा उनको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारीको संज्ञा दिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७