सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलसँगको मेलमिलाप अस्वीकार, लडाइँ जारी राख्ने


२२ पुष २०८०, आईतवार
sudan 1

खार्तुम । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फता अल–बुर्हानले सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताएका छन् ।

विद्रोहीसँग कुनै मेलमिलाप वा सम्झौता नहुने उनले स्पष्ट पारेका हुन् । उनले पूर्व सुडानी प्रधानमन्त्री अब्दल्ला हमडोकको नेतृत्वमा रहेको सुडानी राजनीतिक गठबन्धन, सिभिलियन डेमोक्रेटिक फोर्सेसको समन्वयको बीचमा हालै हस्ताक्षर गरिएको घोषणाको आलोचना गरे ।

सुडानमा १५ अप्रिल, २०२३ देखि एसएएफ र आरएसएफबीच द्वन्द्व भइरहेको छ । संयुक्त राष्ट्रसंघको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यो लडाइँमा १२ हजारभन्दा बढी मानिस मारिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७