एकीकृत समाजवादीले पनि छान्यो राष्ट्रिय सभाका दुई उम्मेदवार


२३ पुष २०८०, सोमबार
samajbadi
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एकीकृत समाजवादीले दुई सिटमा भाग पाएको छ ।

आफूले पाएको दुई सिटमध्ये एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज (सोमबार) मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७