‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी छ’


२४ पुष २०८०, मंगलवार
AR KTM IMG 9348 scaled

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी रहेको बताएका छन् । नेपाल ज्योतिष परिषपद्को आज यहाँ आयोजित रजत समारोहको उद्घाटन गर्दै उनले परम्परागत ज्योतिष विद्यालाई नयाँ प्रविधिमार्फत सबैको पहुँचमा पुर्‍याउनु पर्नेमा जोड दिए ।

‘ज्योतिष विज्ञानलाई थप वैज्ञानिक बनाउन जरुरी छ, यसलाई अगाडि बढाउन सरकारले आवश्यक सहयोग गर्नेछ’, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष विज्ञानलाई हचुवाको भरमा प्रयोग गर्ने र जीविकोपार्जनको माध्यम बनाउन नहुने उनले बताए । ‘खगोलको बारेमा नयाँ नयाँ कुरालार्ई ज्योतिष विज्ञानमार्फत अगाडि बढाउनुपर्छ’, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष अध्ययनलाई निश्चित कार्यविधि र मापदण्ड बनाउन जरुरी रहेको उनले उल्लेख गरे ।

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा. लोकराज पौडेलले सरकारले ज्योतिषलाई अनुमतिपत्रको व्यवस्था मिलाउनुपर्ने बताए । उनले देशभरका १४ हजारभन्दा बढी ज्योतिष परिषद्मा आवद्ध रहेका जानकारी दिए । विसं २०५३ मा स्थापना भएको परिषद्ले हाल ७७ वटै जिल्ला, सात प्रदेश र उपत्यकामा आफ्नो शाखा विस्तार गरिसकेको छ । आगामी वर्ष चैत शुक्ल प्रतिपदाको दिनलाई राष्ट्रिय ज्योतिष दिवस मनाइने परिषद्का अध्यक्ष माधवराज पाण्डेले बताए । परिषद्ले रजतजयन्ती समारोहमा संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७