१६८ किलो गाँजासहित दुई जना पक्राउ


२४ पुष २०८०, मंगलवार
gaja

पर्सा । पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १६८ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धादिङको बेनीघाट बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङका २२ वर्षीय राजु लामा रहेका छन् । पर्साको वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बोलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उनीहरूलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो ।

उनीहरू उक्त गाडीका चालक तथा सहचालक हुन् । उनीहरूको साथबाट ७८ हजार ५०० रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद भएको छ । नियन्त्रणमा लिएकाहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७