अर्थमन्त्री महतले दाताहरुलाई दिए लगानी सम्मेलनको निम्तो


२५ पुष २०८०, बुधबार
prakash

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुन भारत र अन्य देशका लगानीकर्तालाई निम्तो दिएका छन् ।

भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागीविभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा.महतले निम्तो दिएका हुन् । मन्त्री डा. महतले भने, ‘नेपालमा वैशाख १६ र १७गते लगानी सम्मेलन हुँदैछ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानी कर्ताहरुलाई पनि निम्तो गर्छु । तपाईंहरुको इनोभेटिभ बिजनेस आईडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु ।’

उनले नेपालमा ऊर्जा, पर्यटन, कृषिव्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीकाअन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७