भीमदत्त नगरपालिकाका वडाध्यक्ष खड्का मृत फेला


२६ पुष २०८०, बिहीबार
kh

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्का मृत्त भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त–६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुनसक्ने जानकारी दिए ।

‘बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ’, प्रहरी उपरीक्षक थापाले भने, ‘रातिको समयमा घटना भएको देखियो ।’ उनले भीमदत्त नगर प्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताए ।

‘प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ’, प्रहरी उपरीक्षक थापाले भने, ‘घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।’ बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७