पशुपतिको जलहरी भ्रष्टाचारमा आरोपित सदस्य सचिव थापा तीन लाख धरौटीमा रिहा


२ माघ २०८०, मंगलवार
Milan Kumar Thapa

काठमाडौं । पशुपतिनाथको जलहरी निर्माण भ्रष्टाचार गरेको आरोप लागेका पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले थापालाई पुस २५ मै तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा. प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठविरुद्ध एक करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो । त्यस्तै विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग तीन लाख रुपैयाँ धरौटी मागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७