एमालेले आज प्रधानमन्त्रीलाई भेट्दै


९ माघ २०८०, मंगलवार
prachanda kp oli
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाउँदै छ ।

आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो । मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीको भनाइ छ ।

एमालेले माघ मसान्तदेखि गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ । सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले संकल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराउन लागेको उपमहासचिव ज्ञवालीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७