इराक र सिरियामा अमेरिकाको आक्रमण, ६ जनाको मृत्यु


२० माघ २०८०, शनिबार
ame

काठमाडौं । अमेरिकी सेनाले इराक र सिरियामा इरान समर्थित मिलिसियाका क्याम्पमा आक्रमण शुरु गरेको छ । आफ्नो हवाइ बेसमा भएको आक्रमणको बदलामा अमेरिकाले शक्तिशाली कारबाही शुरु गरेको हो ।

जोर्डनको हवाइ बेसमा तीन अमेरिकी सैनिक मारिएका थिए । केही घाइते भएका थिए । त्यसलगत्तै आक्रोशित बनेको अमेरिकाले इरान समर्थित लडाकू समूहलाई जवाफ दिने प्रतिक्रिया दिएको थियो ।

साथै अमेरिकी संसदको प्रतिपक्षी दल रिपब्लिकन पार्टीले इरानमै आक्रमण गर्न सरकारलाई दबाब दिएको थियो । अमेरिकाले इराक र सिरियामा शुरु गरेको कारबाही २५ मिनेटभित्र विभिन्न सात ठाउँमा हवाइ आक्रमण गरेको एजेन्सीले जनाएका छन् । आक्रमणमा हालसम्म ६ जनाको मृत्यु भएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७