एमालेले प्रधानमन्त्रीलाई दियो तीन दिनको समय


११ फाल्गुन २०८०, शुक्रबार
mahesh bartaula samsad1677226323

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिन तीन दिनको समय दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग मागेको एमालेले यसबारे आगामी बैठकमा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई समय दिएको हो ।

‘हाम्रो माग सरकारसँग हो । मन्त्रीसँग जोडिएको विषय हो । अब बस्ने बैठक १३ वा १४ फागुनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ एमाले सचेतक महेश बर्तौलाले भने । यही विषयमा विवाद हुँदा संसद अवरोध भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७