राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


१७ फाल्गुन २०८०, बिहीबार
Samsad latest scaled
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभा बैठक आज (बिहीबार) बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बिधायन ब्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवम अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेश हुनेछ ।

साथै, आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Capture.JPG 1983

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७