प्रतिनिधिसभा बैठक बस्दै, बिमस्टेक बडापत्र प्रस्तुत गरिने


१८ फाल्गुन २०८०, शुक्रबार
samsad scaled

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले ‘बिमस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन् भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् ।

अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्य ब्यवस्था समितिको प्रतिबेदनसहितको ‘राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मुल्याङ्कन बिधेयेक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै सो बिधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Capture.JPG 1992

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७