नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनलमा


१९ फाल्गुन २०८०, शनिबार
nepal

काठमाडौं । त्रिकोणात्क टी–२० सिरिजमा शनिबार नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । जारी प्रतियोगिताको पाँचौ खेलमा पाहुना टोलीले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित हात पारेको हो ।

त्रिवि मैदानमा नेदरल्याण्डसका कप्तान स्कट इडवार्डसले टस जितेर नेपाललाई पहिला बलिङको निम्तो दिएका थिए । तर, उनको निर्णयलाई गलत सावित गर्दै नेपाली बलरले नेदरल्याण्ड्सलाई १२० रनमा अलआउट गरे । १२१ रनको सामान्य लक्ष्य पाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले ८६ रनको साझेदारी गरे । रोहितले ३४ बलमा ४६ रन बनाए भने गुल्सनले ३६ बलमा ३८ रन बनाए ।

सुरुवाती दुई खेलमा हार व्यहोरेको नेपालले पछिल्ला दुई खेलमा लगातार जित हात पारेको हो । अंक तालिकामा हाल ४ अंकका साथ नेदरल्याण्ड्स शीर्ष स्थानमा छ भने नेपालको पनि चार अंक छ । २ अंक रहेको नामिबिया तेस्रो स्थानमा छ । शीर्ष दुई टिम फाइनल पुग्नेछन् ।

भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलपछि फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । शनिबार त्रिवि मैदानमा प्रतिशत जिसीले घातक बलिङ गरेपछि नेदरल्याण्ड्स सस्तैमा रोकिएको थियो । उनले चार ओभरमा १३ रन मात्र दिएर महत्वपूर्ण तीन विकेट लिए । यस्तै कुशल मल्लले पनि चार ओभरमा १८ रन दिएर दुई विकेट लिए । यस्तै करण केसीले पनि तीन ओभरमा १८ रन दिएर २ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७