बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता, के भयो कुराकानी ?


२० फाल्गुन २०८०, आईतवार
prachanda kp oli
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (आइतबार) बिहान बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भेट्न ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेको स्रोतले जानकारी दिएको छ । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको स्रोतले बताएको छ । संक्रमणकालीन न्याय (टीआरसी) विधेयक संसद्बाट पारित गर्ने तयारी भइरहेका बेला सत्ता नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

यसबीच प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाउन लागेको भन्ने चर्चा पनि नभएको होइन । सत्ता गठबन्धनभित्रको बाँडफाँटमा राष्ट्रिय सभाको अध्यक्ष पद आफूले पाउनेमा ढुक्क रहेको नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रले आफै राख्ने निर्णय गरेपछि झस्किएको छ । भेटवार्तामा प्रचण्ड र ओलीबीच भएको वार्ताको विस्तृत जानकारी भने आइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७