विष्णु पौडेलसहित बालुवाटार पुगे ओली, चार दलको वैठक बस्दै

‘प्रधानमन्त्रीले चिया खान बोलाउनु’ भा होला’


२१ फाल्गुन २०८०, सोमबार
kp

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग नयाँ गठबन्धन गरेर सरकार गठन गर्ने चर्चा चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । निजी निवास बालकोटमा पार्टीको सचिवालय बैठक सके लगत्तै उनी बालुवाटार पुगेका हुन् ।

साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई लिएर अध्यक्ष ओली केही बेरअघि बालुवाटार गएको उनको सचिवालयले जानकारी दिएको छ । बालकोटबाट निस्किँदै गर्दा ओलीले सरकार परिवर्तनको कुरा प्रधानमन्त्रीले जान्ने विषय भएको भएको बताए । ‘प्रधानमन्त्रीले चिया खान बोलाउनु’ भा होला’, पत्रकारको जिज्ञासामा उनले भने। ।

बालुवाटारमा चार दलको बैठक बस्दै प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक बस्ने भएको छ । सोमबार बिहान १० बालुवाटारमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बस्न लागेको हो । अहिलेको सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन बनाउने तयारीका लागि बैठक बोलाइएको हो । बैठकमा सत्ता समीकरणबो विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७