नयाँ गठबन्धन : मुख्यमन्त्री पनि आलोपालो

राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि मिल्यो भागवण्डा


२१ फाल्गुन २०८०, सोमबार
karki pandey and dilli

काठमाडौं । संघीय गठबन्धनमा हेरफेर आएपछि प्रदेश सरकारका मुख्यमन्त्री पनि फेरिने भएका छन् । माओवादी केन्द्र र एमालेले सत्ता गठबन्धन हेरफेरका क्रममा मुख्यमन्त्री पनि आलोपालो गर्ने सहमति गरेका छन् । उनीहरूबीच भएको सहमतिअनुसार तत्कालका लागि भने कांग्रेसले लिएका मुख्यमन्त्रीहरू फेरिने भएका छन् ।

कांग्रेसले मुख्यमन्त्री लिएका गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एमालेले लिनेछ । माओवादीले लिएका बागमती र कर्णाली प्रदेशको मुख्यमन्त्री कायम रहनेछन् । गठबन्धनको अर्को दल जसपाले मधेश प्रदेशको मुख्यमन्त्री भने निरन्तरता पाउनेछ ।

यद्यपि, नयाँ गठबन्धनका दलहरूबीच मुख्यमन्त्री आलोपालोमा हुने पनि सहमति जुटाएका छन् । माओवादी नेताले दिएको जानकारी अनुसार मुख्यमन्त्री आलोपालोमा जाने गरी सहमति भएको र त्यसको असर राष्ट्रियसभा अध्यक्षमा पर्नेछ । अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने गरी छलफल अगाडि बढेको छ । २९ फागुनमा राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७