प्रहरीलाई गृहमन्त्रीको निर्देशन : अपराधीलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन


२९ फाल्गुन २०८०, मंगलवार
Rabi lamichhane 1
फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम (अपराध) मा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आज (मंगलबार) बिहान सामाजिक सञ्जालमार्फत देशभरका सम्पूर्ण राष्ट्र सेवक प्रहरीलाई उक्त अपिल गरेका हुन् ।

‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन’, गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल (पार्टीवाला होइन, देशवाला) ।’

1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७