नयाँ गठबन्धन बनेपछि कांग्रेसभित्र ‘युद्धविराम’ भयो : प्रधानामन्त्री

‘कांग्रेसले संविधानविरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएँ’


३० फाल्गुन २०८०, बुधबार
pm 4 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक समीकरण बनेसँगै कांग्रेसभित्र ‘युद्धविराम’ भइको टिप्पणी गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूले राजनीतिक समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुशी लागेको बताए ।

‘कांग्रेसको विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ । तर, आज मैले गरेको समीकरणले कांग्रेसभित्र आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु । मेरो कदमले कांग्रेसभित्र राम्रो एकता कायम हुँदै छ । यो युद्धविराम प्रचण्डको कारणले भएको छ । यसलाई स्थायी बनाउनु होला, शान्तिमा बदल्नु होला,’ उनले भने ।

‘कांग्रेसले संविधानविरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले संविधानविरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसबाट गठबन्धन र संविधानविरोधी गतिविधि हुन थालेपछि राजनीतिक समीकरण फेर्न बाध्य भएको बताएका हुन् ।

आगामी निर्वाचनबाट बहुमत ल्याएर सरकार बनाउन कांग्रेसलाई चुनौती दिँदै उनले भने, ‘चार वर्ष बाँकी छँदाको चुनाव एक्लै लडिन्छ जसले पहिलो पार्टी बनाउन मद्दत गर्‍यो त्यसको मानमर्दन गर्ने गरी हामी एक्लै लड्छौँ । मैले त अघि नै भने मिल्नुस्, एकताबद्ध भएर जित्नुस् बहुमत ल्याउनुस् मेरो शुभकामना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७