उदयपुरमा बोलेरो दुर्घटना : चालकसहित सातको मृत्यु, आठ घाइतेलाई धरान लगियो


१ चैत्र २०८०, बिहीबार
Accident udayapur

उदयपुर । धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरको चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । घटनास्थलमा उद्धारका क्रममा अर्का यात्रुको पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिएका छन् । उनीसहित मृत्तकको संख्या सात पुगेको उनले जानकारी दिए ।

ज्यान गुमाउनेहरूमा जीप चालक रमेश बस्नेतसहित सात जना छन् । मृतकहरूमा तीन पुरुष, तीन महिला र एक नाबालक रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट स्थानीयबासी र प्रहरीले अन्य आठ यात्रुको उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन् ।

घाइतेहरूलाई सप्तकोशीमा चल्ने जेटबोटबाट चतरसम्म लगिएको थियो । धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनीमा दुर्घटनामा परेको थियो । जीपमा १५ जना सवार रहेको खुलेको छ । घटनास्थल भोजपुरको सीमा क्षेत्र नजिक पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७