मस्कोमा पक्राउ परेका अमेरिकन पत्रकारलाई जासुसीको आरोपमा थप जेल सजाय


१४ चैत्र २०८०, बुधबार
Capture.JPG 2151

मस्को । मस्कोको एक अदालतले वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचलाई थप जेलमा बस्नु पर्ने सजाय सुनाएको छ । अमेरिकन पत्रकार गेर्शकोबिच अब कम्तिमा जुनको अन्त्यसम्म जासुसीको आरोपमा जेलमा बस्नु पर्ने फैसला गरेको मस्को अदालतका अधिकारीहरूले जनाएको छ ।

३२ वर्षीय अमेरिकी नागरिक गेर्शकोविचलाई सन् २०२३ को मार्चको अन्त्यमा रिपोर्टिङ असाइनमेन्टका क्रममा पक्राउ परेका थिए । सो पछि उनले झण्डै एक वर्ष जेलमा बिताइसकेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको हिरासत जुन ३० सम्म लम्बिएको छ । पत्रकार गेर्शकोविच र उनको रोजगारदाता कम्पनी दुबैले रूसको आरोप अस्वीकार गर्दै आएका छन् । अमेरिकी सरकारले उनको हिरासतलाई गलत भएको घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७