उजुरीलाई गृहमन्त्रीले ‘चिर्कटो’ भनेकोमा कांग्रेसको प्रश्न : ताम्रपत्रमा लेख्नु पर्ने हो ?


१९ चैत्र २०८०, सोमबार
congress.jpg 18 bRFbOsvtIj

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ । संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पीडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन् ।

सांसद गौतमले सरकारले सहकारी ठगीको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन् । उनले संसदीय समिति गठन गर्ने विषयलाई ठूलो विषय नबनाउन आग्रह गर्दै आफू माथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने बताइन् । उनले भनिन्, ‘संसदीय छानबिन समिति बनाउनु पर्छ भनिरहेका छौँ । आरोपलाई अनुसन्धान नभई खारेज गर्न हुँदैन । त्यसैले छानबिन समिति गठन गरौँ भन्दा किन यति धेरै पसिना आयो ? हामीले बुझ्न चाहेका छौँ यहाँ गम्भीर प्रश्नहरू लुकेका छन् ।

उनले सरकार सहकारी पीडितहरूलाई न्याय दिने पक्षमा भन्दा पनि उनीहरूलाई घरको न घाटका बनाउने ठगहरूलाई बचाउने पक्षमा उद्धत भएको आरोप लगाइन् । उनले भनिन्, ‘प्रधानमन्त्री ज्यू यही संसदमा आएर गृहमन्त्रीमाथि परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ । आरोपी गृहमन्त्री आफूलाई परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ । उजुरी त कागजमै लेख्ने होला नि कि ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने भए त्यो पनि जानकारी गराइदिए हुन्थ्यो नि ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७