नेपाल बरोडासँग ३७ रनले पराजित


२३ चैत्र २०८०, शुक्रबार
baroda vs nepal ziY2wn3lSK

काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ । जीतका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए ।

उनले ४३ बल खेल्ने क्रममा चार छक्का र तीन चौका प्रहार गरे । साथै विवेक यादवले १७, कुशल भुर्तेलले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरी र आकाश जिसीले समान दुई÷दुई रन बनाए भने अनिल साह र गुलशन झाले समान एक-एक रन बनाए ।

बरोडाको जितमा ध्रुव पटेलले चार विकेट लिए भने लक्षित टोक्सियाले तीन र जय आभालेले दुई विकेट लिए । साथै हेमन्त पुण्डेले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ५६ रन बनाएको थियो ।

उसका लागि शाश्वत रावतले ३१ रनको योगदान दिए भने ध्रुव पटेलले २९ रन बनाए । साथै अमित पासीले २६, मोहित मोङ्गियाले २० र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए । नेपालका लागि करन केसी र गुलशन झाले दुई-दुई विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए । जारी प्रतियोगितामा नेपाल र गुजरात यसअघि फाइनलमा पुगिसकेका छन् । नेपाले गुजरातसँग भएका दुवै खेल र बरोडासँग भएको एक खेलमा विजयी हुँदै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७