यी हुन् बलिउड थर्काउने विदेशी नायिका


२४ जेष्ठ २०७५, बिहीबार
Bollywood Actor

काठमाडौं, २४ जेठ । बलिउडमा केही यस्ता नायिका छन् जो विदेशमा जन्मेर पनि बलिउडमा राज गरिरहेका छन् । भन्ने गरिन्छ बलिउडमा जम्नका लागि हिन्दी पनि राम्रो हुनुपर्छ । तर, भारतका केही यस्ता नायिका छन् जसको नाम र काम नै पहिचानका लागि काफी छ । त्यस्ता केही नायिकाको यहाँ चर्चा गर्न खोजिएको छ ।Bollywood Actor

कट्रिना कैफ–कट्रिना कैफ बलिउडकी सफल नायिकामा पर्छिन् । उनको वास्तविक नाम कट्रिना टाँरकुटो हो । उनी १६ जुलाई १९८३ मा हङकङमा जन्मेकी हुन् । हङकङमा जन्मेकी कट्रिनाको नागरिकता भने ब्रिटेनको छ । उनले २००३ मा ‘बुम’ फिल्मबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी हुन् । २००४ सालमा ‘मल्लीस्वरी’ चलचित्रमा अभिनय गरे पनि उनको पहिचान भने सलमानको ‘मैने प्यार क्यु किया’ बाट स्थापित भयो । त्यसपछि उनीद्वारा अभिनित चलचित्र ‘वेलकम’ पनि सुपरहिट बन्न सफल भयो । यही चलचित्रबाट उनी दुई पटक उत्कृष्ट अभिनेत्रीको मनोनयनमा पर्न सफल भइन् । उनले अभिनय गरेको चलचित्र ‘टाइगर जिन्दा है’ ले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको छ । उनले बलिउडका चर्चित नायक तीन खान (सलमान, शाहरुख र आमिर) सँग अभिनय गरिसकेकी छन् । अब उनी आफ्नो नयाँ फिल्म ‘जीरो’ मा शाहरुख खानसँग देखिने छिन् ।

दीपिका पादुकोण–दीपिका पादुकोण पछिल्लो पुस्ताकी सफल अभिनेत्री हुन् । ५ जनवरी १९८६ मा डेनमार्कमा जन्मेकी पादुकोण बलिउडकी निकै चलेकी नायिका हुन् । उनले अहिलेसम्म तीन वटा चलचित्रबाट अवार्ड हात पारिसकेकी छन् । उनले फराह खानको चलचित्र ‘ओम शान्ति’ बाट बलिउडमा प्रवेश गरेकी थिइन् । ‘रामलीला, बाजीराव मस्तानी र पद्मावत’ उनको करियरका सबैभन्दा महत्वपूर्ण फिल्म हुन् ।

नरगिस फाखरी–बलिउड अभिनेत्री नरगिस फाखरी २० अक्टुबर १९७९ मा अमेरिकाको न्यूयोर्कमा जन्मेकी हुन् । उनी अमेरिकी मोडल र एक्टर हुन् । फाखरीलाई बलिउडमा त्यति धेरै अवसर त प्राप्त भएको छैन । तर, उनले २०११ मा ‘रकस्टार’ मा अभिनय गरेकी छन् । उक्त चलचित्रमा उनीसँगै मुख्य भूमिकामा नायक रणबीर कपुर थिए । उक्त फिल्मले राम्रै ब्यापार गरे पनि फाखरीलाई नयाँ पहिचान दिन सकेन । उनले बलिउडमा पाँच चलचित्रमा अभिनय गरेकी छन् ।

जैकलीन फर्नांडिज–जैकलीन फर्नांडिज एक श्रीलंकाली अभिनेत्री हुन् । ११ अगस्ट १९८५ मा श्रीलंकाको मनामामा जन्मेकी हुन् । जैकलीनले २००९ मा बनेको फिल्म ‘अलादीन’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । उक्त चलचित्रमा उनीसँगै रितेश देशमुख र अमिताभ बच्चन मुख्य भूमिकामा छन् । त्यसपछि उनले चलचित्र ‘मर्डर २’ मा अभिनय गरेकी थिइन् ।
उनले सलमानसँग चलचित्र ‘किक’ मा पनि काम गरेकी छन् । अहिले उनी चलचित्र ‘रेस ३’ को सुटिङमा ब्यस्त छिन् । उनी उक्त चलचित्रमा सलमानसँग देखिने छिन् । उनी अहिले पनि बलिउडमा जम्नका लागि संघर्ष गरिरहेकी छन् ।

सन्नी लियोनी–क्यानडामा जन्मेकी बलिउडकी ‘बेबी डल’ सन्नी लियोनीले आफ्नो फरक पहिचान बनाएकी छन् । उनको जन्म १३ मे १९८१ मा भएको हो । उनी एक भारतीय र अमेरिकन कलाकार हुन् । उनको वास्तविक नाम करनजीत कौर बोहरा हो । उनले बिहे गरिसकेकी छन् भने उनी पूर्व चर्चित पोर्नस्टार पनि हुन् । बलिउडमा उनले २०१२ मा बनेको पूजा भट्टको चलचित्र ‘जिस्म २’ बाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले चलचित्र ‘जैकपोट’ ९२०१३०, ‘रागिनी एमएमस–२ ९२०१४० र ‘एक पहेली लीला’ ९२०१५०मा अभिनय गरिन् । उनले धेरै आइटम गीतमा समेत अभिनय गरिसकेकी छन् । उनले शाहरुखको ‘रईस’ को ‘लैला ओ लैला’ बोलको गीतमा आइटम डान्स गरेकी छन् । उनी केही समयपछि प्रदर्शन हुने चलचित्र ‘टोटल धमाल’ मा देखिने भएकी छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७