उपनिर्वाचन : इलाममा २० र बझाङमा १२ जनाको उम्मेदवारी


२४ चैत्र २०८०, शनिबार
9

काठमाडौं । आउँदो वैशाख १५ का लागि तय भएको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले जानकारी दिए ।

9

नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेश्नल अर्गनाइजेशनसहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

milan limbu ilam

त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध भोली बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने कार्यसूची छ।

dambar khadka

भोलि नै दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ ।

prem kumar thamsuhang

प्रदेशसभा सदस्यका लागि बझाङमा १२ जनाको उम्मेदवारी
बझाङमा प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्धारित गरिएको बेलुकी ५ बजेसम्मको समयभित्र १२ जनाको उम्मेदवारी परेको जनाएको छ । नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट विनोदबहादुर थापा, नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राप्रपाबाट किशोर कुमार खडका र जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्रीको उमेदवारी परेको छ ।

bajhang

त्यस्तै नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खडका र जनमत पार्टीबाट सुशीला देबी विष्टको उमेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्दैछ । बैशाख १५ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको हो । कांग्रेस उम्मेदवार अभिषेक पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७